‘लिटिल बुद्ध’ का नामले चर्चित बम्जन पुर्पक्षका लागि कारागार चलान

काठमाडाैं | जेठ १३, २०८२

‘लिटिल बुद्ध’ का नामले चर्चित बम्जन पुर्पक्षका लागि कारागार चलान

सर्लाही:    विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

 

‘लिटिल बुद्ध’ का नामलेसमेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार थुनामा राख्ने आदेश गरेको हो ।

 

देशसँगै उनलाई मलंगवा कारागार चलान गरिएको छ ।

 

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि ५ फागुन २०८१ मा सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए ।

 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो ।

 

बम्जनलाई जिल्ला अदालतले १० असार २०८१ मा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्